स्वचालित पेस्तोलसहित दाङमा दुई जना भारतीय पक्राउ

सदरलाइन संवाददाता १९ श्रावण २०७८, मंगलवार १३:३९
 

दाङ : दाङमा प्रहरीले स्वचालित पेस्तोल सहित भारतिय दुई जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका १ जुरौलीबाट एक थान स्वचालित पेस्तोल, २ थान म्यागजीन, २ थान गोली र ३ वटा मोबाईल सहित दुई जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत जिल्ला सिद्धार्थनगर नगरपञ्चायत बढी ३ का २२ बर्षिय करमुल्लाह आमिर र सोही ठाउँको वडा नम्बर ८ का १९ बर्षिय राजा खान रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय दाङबाट र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको संयुक्त प्रहरीको टोलीले आमिरको कम्मरमा लुकाई राखेको पेस्तोल सहित म्यागेजीन र गोली बरामद गरेको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

उनिहरुले विक्रिका लागि दाङमा हतियार ल्याएको बताएका छन् । उनिहरुका विरुद्ध हातहतियार खरखजना सम्बन्धि मुद्दामा अनुसन्धान र कार्वाही प्रकृया अघि बढाईएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा छात्राहरुलाई साईकल सहयोग

१९ श्रावण २०७८, मंगलवार १३:३९
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मंगलबार साईकल हस्तान्तरण गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षा विद […]

सम्बन्धित