सदरलाइनडटकम,
रुपन्देही : नेपाल प्रहरीका प्रमुखव प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले निर्मला पन्तको घटनालाई आधार बनाएर नेपाल प्रहरीमाथि अविश्वास नगर्न आग्रह गरेका छन् । बुटवलमा बुधवार आयोजित कार्यक्रममा बोल्दै उनले अनुसन्धानका घटनामा नेपाल प्रहरी सफल भइरहेको भन्दै एकाध घटनालाई आधार बनाएर नकारात्मक टिप्पणी नगर्न आग्रह गरे ।
हिंसात्मक अधिकांश घटनामा प्रहरी अनुसन्धान सफल भएको भन्दै महानिरीक्षक खनालले निर्मला पन्तलगायतका थोरै घटनामा प्रहरीलाई सफलता नमिलेको स्वीकार गरे । निर्मला घटनाको अनुसन्धान गर्न चारवटा विज्ञ टोली खटिएको जानकारी दिँदै उनले कुनैपनि आपराधिक घटनाको अनुसन्धानमा नेपाल प्रहरी सक्षम रहेको दाबी गरे ।
स्थलमार्ग हुँदै रुपन्देही पुगेएका खनाल जिल्लाको चन्द्रौटा, कृष्णनगर, बुटवल र पाँच नम्वर ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको छुट्टा छुट्टै कार्यक्रममा सहभागी भएका थिए ।
