आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेद्वारा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

सदरलाइन संवाददाता ३ मंसिर २०७७, बुधबार १८:२४
 


नेपालगञ्ज : आयुर्वेद चिकित्सा पद्धतिका परवर्तक धनवन्तरीको जन्म जयन्ती तथा आरोग्य दिवसका अवसरमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको आयोजना तथा स्वालम्बन जेष्ठ नागरिक समाज नेपालगन्ज–१ धम्बोझीको आयोजनामा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । गत कात्तिक २९ गते शुक्रबार मनाईएको सो दिवसमा बाँके अयुर्वेद स्वास्थ्य केन्द्रका सबै आयुर्वेदकर्मीको सहभागिता रहेको थियो ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल चौधरीले चिकित्सा पद्धतीका परवर्तक धनवन्तरीको जन्मदिवसको अवसरमा सधै पुजपाठमा मात्रै सिमित हुने गरेकोमा यसवर्ष कोभिड–१९ को संक्रमणबाट जोगिनका लागि जेष्ठ नागरिकका लागि एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए ।

स्वास्थ्य शिविरमा नेपालगञ्ज–१ का ८५ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिनुको साथै उहाँहरुलाई आयुर्वेद औषधि निशुल्क बितरण गरिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक बसन्त पौडेलले जानकारी दिए ।


सो स्वास्थ्य शिविरमा बाँके आयुर्वेद स्वास्थ्य केन्दले जेष्ठ नागरिकलाई कोभिड–१९ बाट जोगाउन शक्तिबद्र्धक औषधि तथा स्वास्थ्य समस्या अनुसार आयुर्वेद औषधि बितरण गरिएको थियो ।

 

Next Post

सिटौलाको नेतृत्वमा नेपालगञ्जमा अप्टिमिस्ट क्लब

३ मंसिर २०७७, बुधबार १८:२४
नेपालगञ्ज  : आशा र सकारात्मक दृष्टिकोणलाई बढवा दिने उद्धेश्यले संसार भर क्रियाशिल अप्टिमिस्ट क्लव नेपालगञ्जमा गठन भएको छ । आशावादी सोचले असल युवा, असल समुदायका साथै समाजमा अग्रगामी रुपान्तरण ल्याउँछ भन्ने सोचका साथ अन्तराष्ट्रिय स्तरमा स्वयंसेवि संस्थाको रुपमा स्थापित अप्टिमिस्ट ईण्टरनेशनलमा आवद्ध हुने गरि नेपालगञ्जमा क्लब गठन भएको हो । […]

सम्बन्धित