लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सदरलाइन संवाददाता १० भाद्र २०७८, बिहीबार १६:०३
 

नवलपरासी : पश्चिम नवलपरासीबाट १० किलो लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पचपेडाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका–४ बर्दघाटेबाट भारत उत्तर प्रदेशका महाराजगंज जिल्ला बर्गदवा भगतपुर बस्ने ३७ वर्षीय राजेश यादवलाई पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका यादवलाई शंका लागेर जाँच गर्ने क्रममा उनको साथबाट १० किलो चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।


यादवको साथबाट कालो भिर्ने झोलामा पत्रिका र टेपले बेरेको २६ वटा प्याकेटमा चरेस फेला परेको थियो ।

पक्राउ परेका यादवलाई लागुऔषध मुद्दामा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको पहरी नायव उपरीक्षक लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका युवाहरु वालविवाह अन्त्यको सन्देस बोकेर समुदाय स्तरमा पुग्दै

१० भाद्र २०७८, बिहीबार १६:०३
बर्दिया  :  बर्दियामा बालविवाह रोकथाम न्यूनिकरण तथा अन्त्यका लागि समुदाय स्तरसम्म सचेतना सन्देश लिएर युवालाई परिचालन गरीएको छ । प्लान इन्टरनेशनल नेपालसंँगको साझेदारीमा बर्दियाको राजापुर, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा बाँके युनेस्को क्लवद्वारा सन्चालित बालविवाह, छिटो विवाह तथा जबरजस्ती हुने विवाहा रोकथाम परियोजना अन्तरगत सो कार्य गरिएको हो । […]