फूल नबिकेपछि किसान चिन्तामा

सदरलाइन संवाददाता २९ कार्तिक २०८०, बुधबार १४:३३
 

टीकापुर : यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् ।

फूल प्रतिकिलो ५०० का दरले बिक्थ्यो, टिपेको पाँच क्विन्टल फूल खेर गएको छ यत्तिकै मात्राको फूल टिप्न बाँकी छ, एक विघा पाँच कठ्ठा जमिनमा फूलखेती गरेका टीकापुर नगरपालिका १ बनगाउँका किसान सीताराम चौधरीले गुनासो गरे ।

उनले भने, ‘डेढ लाखको फूल मात्र बिक्यो होला, बाँकी सबै खेर गयो, कसलाई दोष दिऊँ ? आफ्नै भाग्यलाई दोष दिनुपर्छ अब विवाहको लगन नआउँदासम्म फूल बिक्दैन । अरुबेला १२० पर्ने माला ८० रुपियाँ लगाउँदा पनि बिकेन ।’

छ वर्षअघि सुरु भएको सीतारामको फूलखेतीले साना उद्योगको रुप लिइसकेको थियो । बाह्रै महिना फूल उत्पादन हुने भएकाले १५ जना जतिले आंशिक रोजगार पनि पाएका थिए । तर यस पटक उत्पादन गरेर पनि बजारीकरण गर्न नसकेकाले व्यवसाय डुबेको चौधरीको दुःखेसो छ ।


यस्तै, जानकी गाउँपालिका १ का किसान छत्र मल्ले पनि फूल बिक्री नभएको भन्दै फूल नै सडकमा विसर्जन गरेका छन् । ‘पचास किलो जति मात्रै बिकेको छ सात कठठामा रहेको साढे दुई क्विन्टल फूल टिपेकै छैन ।’ मल्लले भने, ‘भारतबाट आउने फूल र प्लाष्टिकका माला रोकिदिन पालिकालाई अनुरोध गर्दा सुनुवाई भएन, स्थानीय उत्पादनले बजार पाएन ।’

यस्तै प्राकृतिक स्रोत व्यवस्थापन कलेज छैठौं सेमेष्टरका विद्यार्थीले लगाएको फूलले पनि बजार पाएन । विद्यार्थी कुबेर जैसी विद्यार्थीले पाँच कठ्ठामा लगाएको फूल नबिकेको र ३०० जति तयारी माला बिक्री नभएको बताए ।

यसवर्ष तिहार ढिलो भएकाले व्यक्तिका बारीमा पनि फूल फूलेका छन् । बाहिरबाट फूल र प्लाष्टिकका माला पनि यहाँ भित्रिएका छन् । यसले उत्पादक मात्रै होइन विक्रेता पनि घाटामा गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकलको ठक्करबाट नेपालगञ्जमा एकजनाको मृत्यु

२९ कार्तिक २०८०, बुधबार १४:३३
नेपालगञ्ज : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । नेपालगञ्जको न्यूरोडमा मंगलबार लु ७६ प ३४४१ नम्बरको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुरका ७० वर्षीय गोरखबहादुर शाहीलाई ठक्कर दिँदा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए […]