८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया शुरु

५ भाद्र २०७५, मंगलवार ०९:४४
 

काठमाडौं । संवैधानिक परिषदले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भएको छ ।

परिषदले विभिन्न ८ संवैधानिक आयोगमा रिक्त अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्न प्रक्रिया शुरु गरेको हो । ८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छ ।

अध्यक्ष र सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको निकायमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोग छन् । त्यसैगरी आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि अध्यक्ष र ४/४ सदस्य पद खाली छन् । यीमध्ये केही नयाँ हुन भने केही पहिलेदेखि नै क्रियाशील थिए ।


परिषद सचिवालयले रिक्त सबै पदहरु पूर्तिका लागि मंगलबार सूचना प्रकाशित गरेको छ ।

योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्याद दिएको छ । सचिवालयले उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने व्यवस्था समेत मिलाएको जनाएको छ ।

Next Post

यूईएफए अवार्डः मोडरिक, रोनाल्डो र सलाह अन्तिम तीनमा

५ भाद्र २०७५, मंगलवार ०९:४४
काठमाडौं । लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा परेका छन् । लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका छन् भने नेइमार मनोनयनमा नै परेका थिएनन् । अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट रियल मड्रिडका मिडफिल्डर मोडरिक, युभेन्टसका रोनाल्डो र लिभरपुलका सलाह मध्येबाट […]