खुकुरी प्रहारबाट दुई घाइते, आक्रमणकारीको खोजी तीब्र

२ आश्विन २०७६, बिहीबार १८:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जको धम्बाझि चोक नजिक सुर्खेतरोडमा रहेको स्वागत रेस्टुरेन्टमा दुई समुहबीच भएको झडपमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई दुई जनाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक शिव सिंहले असोज १ गते राति करिव ११ बजे सो रेस्टुरेन्टमा बसेर दुबै समुहलेसंगै माधक पदार्थ सेवन गरी निस्कने बेलामा घटना घटेको बताए । प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर खड्का र अमर रोकाय घाइते भएको र दुबैको अवस्था गम्भीर रहेको छ ।
घाइते दुबैलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपाचारको लागि लगिाएकोमा खड्कालाई बुधबार राती नै भारतको लखनउ रिफर गरिएको र रोकायको सोही अस्पतालकै आईसियुमा राखेर उपाचार भईरहेको छ । दुबैको अवस्था गम्भीर रहेको बताईएको छ ।
प्रहरी नायव उपरीक्षक सिंहले भने–‘दुबै समुहसंगै बसेर खानपिन गरेको र निस्कने बेलामा घटना घटेको पाईएको छ । दुई जना घाइतेको उपचार भईरहेको र घटनामा संलग्न दुई जनाको खोजी भई रहेको छ ।’ प्रहरीले समाचार तयार पार्दासम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।
यसैबीच सो घटनालाई लिएर नेपाल तरुण दल बाँके र नेकपा निकट युवासंघ तथा वाईसियलले छुट्टछुट्टै विज्ञप्ती निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाह र सचिव विनोद रिजालले जारी गरेको विज्ञप्तीमा तरुणदल नेपालगन्ज नगर अध्यक्ष संदिप जंग शाह माथि खुकुरी प्रहार गर्दा कार्यकर्ता खड्का र रोकायले बचाउने क्रममा खुकुरी लागेर गम्भीर घाइते भएको उल्लेख छ ।
तरुण दल बाँकेले सो घटनाका दोषिलाई प्रहरीले पक्राउ नगरे प्रतिकारमा उत्रिने चेतावनी दिएको छ । सो घटनामा बिनोद खड्का र दिपक थापालगायतका ब्यक्तिहरुले खुकुरी प्रहार गरेको गम्भीर घाइते बनाएको नेपाल तरुण दल बाँकेले बिज्ञप्ति मार्फत जनाएको छ ।
यता नेकपा निकट युवा संघ नेपाल नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र राज ओली र वाईसियल नगर कमिटीका अध्यक्ष ईमरान खानद्वारा जारी विज्ञप्तीमा सो घटना विशुद्ध गुण्डागर्दी भएको उल्लेख गर्दै घटनामा संलग्न रहेका व्यक्तिहरु आफ्नो संगठनसंग कुनै पनि सम्बन्ध नभएको उल्लेख गरिएको छ ।सो विज्ञप्तीमा घटनामा संलग्न जो सुकै भएपनि कानूनी दायरामा ल्याउन आग्रह गर्दै नेपालगन्जको शान्ति सुव्यवस्था कायम राख्न आग्रह गरिएको छ ।

Next Post

संविधान दिवसमा खजुरामा विद्यालयस्तरीय हाजिरीजवाफ र सरसफाई

२ आश्विन २०७६, बिहीबार १८:१०
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिका शिक्षा शाखाको आयोजनामा चौथो संविधान दिवसको अवसर पारेर विहीवार खजुरामा माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको छ । जनता नमूना माविमा भएको हाजिरी जवाफ प्रतियोगितामा जेनिथ मावि खजुरा प्रथम, नेरा मावि मनकामनापुर द्वितिय, धुव्रतारा विद्या मन्दिर तृतीय र जनसेवा मावि गिजरा चौथो भएका छन् […]