नेपालगञ्जमा एक युवती मृत फेला

सदरलाइन संवाददाता २९ बैशाख २०८०, शुक्रबार १३:०४
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका–६ रझेनाकी २२ वर्षीया सुमित्रारानी थारु मृत अवस्थामा फेला परेकी छिन् ।

नेपालगञ्ज उपमहानगरपालिका–९ श्रद्धानगरमा कोठा भाडामा लिएर बस्दै आएकी थारु शुक्रवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तीले जानकारी दिए ।


थारुको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकारले ल्यायो विधेयक

२९ बैशाख २०८०, शुक्रबार १३:०४
काठमाण्डौ : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकारले कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी छ । न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार संसद् सचिवालयमा केही नेपाल ऐन संशोधन विधेयक दर्ता […]