कर्णालीमा हिमपात हुँदा जनजीवन कष्टकर

२७ मंसिर २०७५, बिहीबार १५:२०
 

सदरलाइनडटकम,
हुम्ला : कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधवार रातिदेखि हिमपात भएको छ । हिमपातका कारण हुम्ला, जुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिम प्रदेशका बझाङ तथा बाजुराका उत्तरी क्षेत्र हिउँले ढाकिएका छन् ।
हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । हुम्लामा यो वर्ष दोस्रोे हिमपात हो । हुम्लाको साविक गाविसका लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोट, छ्रिप्रा, बराई, रोडिकोट, मेल्छाम मिमिलगायतका उत्तरी क्षेत्रमा हिमपात भएको हो । हुम्लाकोे उत्तरी नाम्खा गाउँपालिका लिमी गाउँमा भने एक फिटभन्दा बढी हिउँ जमेको छ ।
हिमपातका कारण एक्कासी चिसो बढेकाले सदरमुकाम सिमकोटमा सरकारी तथा गैरसरकारी कार्यलयका कर्मचारी व्यापरी समेत जाडोबाट बाँच्नका लागि हिटर, आगो बालेर तापिरहेका छन् । चिसो बढेकाले सामुदायिक तथा निजी विद्यालयमा वार्षिक परीक्षा दिने विद्यार्थीलाई समस्या भएको छ । हुम्लाको तापक्रम माइनस ७ डिग्री पुगेको छ भने शुक्रवारदेखि मौसममा आउने मौसमविदले जनाएका छन् ।

Next Post

प्रधानन्यायाधीशमा जबरा सिफारिस

२७ मंसिर २०७५, बिहीबार १५:२०
सदरलाइनडटकम, काठमाण्डौ : संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । पटकपटक स्थगित हुँदै आएको संवैधानिक परिषद्को बिहीवार बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । परिषद ्सदस्यको कार्यव्यस्तताका कारण भन्दै यसअघि ५ पटक समितिको बैठक सरेको थियो । एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस […]