आइतवार साउन १५ गते, खिर खाएर मनाईंदै

सदरलाइन संवाददाता १५ श्रावण २०७९, आईतवार १४:२२
 

नेपालगञ्ज : आइतवार साउनको १५ गते, खिर खाएर मनाईंदैछ । कुनै धार्मिक महत्व नभएपनि सांस्कृतिकरुपमा मनाउने गरिएको छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ ।

असार १५ मा दही चिउरा खाँदै रोपाइँ गरेका किसानले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खिर खाने गर्दछन् । वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिएको बताइन्छ । असार महिनाभरि हिलोमा काम गर्दा चिसो लाग्ने र तातो खिर खाँदा चिसोबाट जोगिने जनविश्वास छ ।


परापूर्वकालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । नेपाल डेरी एसोसिएशनका अनुसार अघिपछिको तुलनामा आज झन्डै ५ गुणा भन्दा बढी दूध खपत हुन्छ ।

आइतवार झन्डै ५० लाख लिटर दूध बिक्री हुने र यसबाट झन्डै ५० करोड रुपैयाँ बराबर कारोबार हुने एसोसिएशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीका नयाँ प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई स्वागत

१५ श्रावण २०७९, आईतवार १४:२२
नेपालगञ्ज : सल्यानको कालिमाटी गाउँपालिकाबाट राप्तीसोनारी गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई स्वागत गरिएको छ । आइतवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले खत्रीलाई स्वागत गरेका हुन् । अध्यक्ष पौडेलसहित गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, लेखा अधिकृत गौरव कुमार लामिछाने लगायत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुले […]