निर्मलाको जन्मदिनमा सडकमै ‘यज्ञ’

२६ मंसिर २०७५, बुधबार १७:५८
 

सदरलाइनडटकम,
कञ्चनपुर : निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नागरिक संघर्ष समितिले निर्मलाको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन अगाडी यज्ञ गरेको छ । नागरिक संघर्ष समितिको पूर्वघोषित कार्यक्रमअनुसार बुधवार जिल्ला प्रशासन अगाडी यज्ञ गरिएको हो ।
संघर्ष समितिले निर्मलाको न्यायका लागि विभिन्न कार्यक्रमको घोषणा गरेपनि बुधवार संयोगले उनको जन्मदिन परेको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले बताइन् । उनले राष्ट्रप्रमुखहरुको सद्धबुद्धिका लागि पनि यज्ञ गरिएको जिकिर गरिन् । निर्मलाको हत्यामा संलग्न भन्दै पटक–पटक निर्दोष व्यक्तिलाई दुःख दिने गरेको उनको आरोप छ ।



निर्मलाको बलात्कारपछि हत्या भएको १४० दिन बितिसक्दा समेत वास्तविक हत्यारा पहिचान हुन सकेको छैन् । तर घटनामा संलग्न भएको आशंकामा प्रहरीले भिमदत्त १८ का प्रदीप रावल र विशाल चौधरीमाथि अनुसन्धान भईरहेको बताएको छ ।
यता स्थानीयले भने अपराधीलाई ढाकछोप गर्न प्रहरीले सर्वसाधारणलाई दुःख दिइरहेको गुनासो गरेको छन् । निर्मलाको न्यायका लागि आफूहरु ३२ दिनदेखि धर्नामा बस्दासमेत सरकारले वास्तविक दोषीलाई पहिचान गर्न नसकेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन् ।
सरकारले घटनाको १४० सदिनसम्म पनि अपराधी पहिचान गर्न नसकेकोले आफूहरुले सरकारको आँखा खोल्नका लागि जिल्ला प्रशासन अगाडीनै यज्ञ गरेको उनले जानकारी दिइन् । यज्ञ सकेपछि संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई समेत यज्ञको प्रसाद पठाएका छन् ।
(तस्बिर : उज्यालो अनलाईन)

Next Post

एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

२६ मंसिर २०७५, बुधबार १७:५८
सदरलाइनडटकम, दैलेख : दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एम्बुलेन्स बिहीवार बिहान गुराँस गाउँपालिका–४ लाठेमा दुर्घटना हुँदा एम्बुलेन्समा सवार शैनेश विष्टको मृत्यु भएको हो । दुर्घटनामा चालक गणेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमख ठाकुरप्रसाद […]