एमाले निकट युवासंघद्वारा निर्वाचनको माग गर्दै राँकेजुलुस प्रदर्शन

सदरलाइन संवाददाता १८ माघ २०७८, मंगलवार १९:२६
 


नेपालगञ्ज :  समयमै स्थानीय तहको निर्वाचन घोषणा गर्न, बढ्दो महंगी र कालाबजारी बिरुद्ध एमाले निकट राष्ट्रिय युवा संघ, तथा विद्यार्थीले नेपालगञ्जमा राँके जुलुस प्रदशन गरेका छन् ।

एमाले बाँके परिसरबाट राष्ट्रिय युवा संघका जिल्ला संयोजक ज्ञानु ओली केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज खेम शर्मा, कुश्माखर बस्याल, अनेराश्ववियुका प्रकाश विक लगायतका नेताहरुको अगुवाईमा निस्केको राँके जुलुस पासाङ्गल्हामु मार्ग, सुर्खेतरोड हुँदै बिपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।


राँके जुलुसलाई नेपालगञ्ज उपमहानगर अगाडि प्रहरीले हस्तक्षेप गरी तितरबितर पार्न खोजे पनि युवा विद्यार्थीको टोलीले प्रहरीलाई छक्काउदै राँके जुलुस बिपीचोकमा पुर्याएका थिए । कोण सभालार्ई युवासंघका केन्द्रीय सचिवालय सदस्य खेम शर्माले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

१८ माघ २०७८, मंगलवार १९:२६
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–८ बाँकेका ८५ वर्षीय पुरुषको बुधवार विहान मृत्यु भएको हो । पुष २३ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसको भोलीपल्ट भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको अस्पताल भर्ना भएको २६ […]