लागुऔषधसहित नेपालगञ्जमा दुई युवा पक्राउ

१६ माघ २०७५, बुधबार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषधसहित नेपालगञ्जमा दुई जना युवा पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार रुपईडिहाबाट नेपालगञ्ज आउँदै गर्दा नेपालगञ्ज वडा नं. ९ बस्ने आशिष हास्मी र वडा नं. १० बस्ने गुरुप्रसाद लागुऔषधसहित बुधवार अपरान्ह ४ बजे पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ४ सय २५ ट्याब्लेट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी जयपुरका प्रहरी नायब निरीक्षक इन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले हासमीको साथबाट २ सय ७० ट्याब्लेट नाइट्रोभेट र ६५ ट्याब्लेट स्पासमो बरामद गरेको छ भने गुरुप्रसादको साथबाट ९० ट्याब्लेट नाइट्रोभेट बरामद गरेको हो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरी नायब निरीक्षक बस्नेतले बताए ।

Next Post

आदर्श र बाँके शिक्षा मेयरकपको फाइनलमा प्रवेश

१६ माघ २०७५, बुधबार १८:३३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले आयोजना गरेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधिका लागि आदर्श मावि नेपालगञ्ज र बाँके शिक्षा भिड्ने भएका छन् । आदर्श मावि डिफेन्डिङ च्याम्पियन जिभिएनलाई ४–१ गोलले पाखा लगाउँदै फाइनलमा पुगेको हो । आदर्शबाट रोशन बुढामगरले दुई र अतित बस्नेतले एक गोल […]