सशस्त्र प्रहरीद्वारा अवैध सामग्री

सदरलाइन संवाददाता १७ मंसिर २०७७, बुधबार १६:१७
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेको सिमा नाकामा भारतबाट भित्रीदै गरेका अवैध लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको कालाबञ्जर बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको नेतृत्वमा गएको टोलीले मंगलवार राती डुडुवा गाउँपालिका वडा नम्बर ६ कालाबञ्जरबाट १ लाख ७० हजार ९ सय रुपैयाँ बराबरका जुत्ता, जेन्स टिशर्ट, लेडिज सल जस्ता अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।


भारतबाट ल्याइदै गरिएका अवैध सामग्रीलाई कालाबञ्जर बिओपीले धमाधम बरामद गर्दै आएको छ । बरामद गरिएका अवैध सामग्रीलाई बुधवार नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

Next Post

नेपालगञ्जमा सरसफाई कर्मचारीलाई सुरक्षा सामग्री सहयोग

१७ मंसिर २०७७, बुधबार १६:१७
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधवार व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ । उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले सरसफाई कर्मचारीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । मेयर डा. राणाले […]