ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

२२ मंसिर २०७५, शनिबार १५:००
 

सदरलाइनडटकम,
दाङ : तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका १ सल्यान स्थायी घर भई हाल तुलसीपुर ५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नयाब उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।
शुक्रवार राति साढे ८ बजे तुलसीपुर ८ टिकरी भन्ने स्थानमा लु २ त ४१८७ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । बालकलाई ठक्कर दिने ट्रयाक्टर चालक फरार रहेको र ट्रयाक्टर भने राति तुलसीपुर ३ दमारगाउँ जंगलमा फेला परेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

Next Post

इन्जिनियर पेशालाई मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

२२ मंसिर २०७५, शनिबार १५:००
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । इन्जिनियर पेशालाई मर्या्दित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिँदै उनले सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम […]

सम्बन्धित