सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकामा बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर १ का ८६ बर्षीय अस्ताफा खाँलाई बिहीवार चेक हस्तान्तरण गरी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको उद्घाटन गरे ।
नरैनापुरस्थित सनराइज बैंक लिमिटेडमार्फत् भत्ता वितरण शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । गाउँपालिकाका २ हजार ७ सय ९० जनाले सनराइज बैंकमा खाता खोलेपछि भत्ता वितरणको काम सम्भव भएको बस्नेतले जानकारी दिए । पहिलो चौमासिकमा १ करोड ५४ लाख रुपैयाँ वितरण गरिने उनले बताए ।
