उप–महानगरपालिकाद्वारा जेष्ठ नागरिकलाई कम्वल बितरण

२३ पुष २०७४, आईतवार १८:१७
 

सदरलाइनडटकम 
२३ पुस, नेपालगन्ज : अत्याधिक चिसो बढेपछि नेपालगन्ज उप–महानगरपालिकाले युनिसेफको सहयोगमा जेष्ठ नागरिकलाई लक्षित गरी न्यानो कपडा वितरण गर्न सुरु गरेको छ । त्यसक्रममा आईतबार नेपालगन्ज–२२ पुरैनीमा जेष्ठ नागरिकलाई कम्वल वितरण गरेको हो । एक हप्तादेखि जारी अत्याधिक चिसोबाट बृद्धबृद्धाहरुलाई जोगाउन कम्वल वितरण गरेको उप–महानगरपालिकाले जनाएको छ ।
लोपोन्मुख समुदायका किंगरियनहरुलाई लक्षित गरेर वडा न २२ मा एक सय २३ जना जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको हो । पुरैनीको कार्यलयमै पुगेर उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा, उपप्रमुख उमा थापामगरले जेष्ठ नागरिकलाई कम्वल बितरण गरेका हुन ।
वडा न २२ को समन्वयमा जाडोमा वृद्ध वृद्धालाई न्यानो गराउन कम्बल बितरण गरिएको वडा अध्यक्ष विद्याराम बर्माले जानकारी दिए । उप–महानगरपालिकाका प्रमुख डा राणाले चिसोमा कम्वल वितरण गरेर जेष्ठ नागरिकलाई राहतसँगै सम्मान पनि गरिएको बताए ।
प्रमुख राणाले नगरका सवै जेष्ठ नागरिकलाई कम्वल वितरण गर्न नसकिएको स्वीकार्दै पहल भने जारी रहने स्पष्ट पारे । वडा न २२ का अध्यक्ष वर्माको सभाअध्यक्षतामा भएको कार्यक्रममा युनिसेफका तर्फबाट प्रोग्राम प्लानिङ अफिसर राजेश सारुमगरले बोलेका थिए ।

Next Post

घर बनाउँन रोक्का हुँदा रैदास परिवारको चिसो रातमा खुला आकाशमुनि बास

२३ पुष २०७४, आईतवार १८:१७
सदरलाइन / रुद्र सुवेदी  २४ पुस, नेपालगन्ज : बाँके जानकी गाँउपालिका–२ बकोेटीया की माया रैदासले सरकारको जनता आवास कार्यक्रम अन्तरगत पक्की घर बनाउने सपना देख्दा बाक्लो हुस्सुसंगै चल्ने चिसो स्याँठसंग पौठेजोरी खेल्दै दिन विताउन बाध्य छन् । मुटु कमाउने चिसो मौसम, अनि शरिर कठ्यांग्रिने शिरशिर बतास चलिरहँदा उनी आफु र […]