सदरलाइनडटकम
२ असोज, नेपालगन्ज : संघिय संरचनामा प्रदेश नं ५ को राजधानी नेपालगन्ज कायम गराउनको लागि दवाव दिन निर्माण गरिएको संघर्ष समितिले आफ्नो गतिविधि सुरु गरेको छ ।
जिल्लाका विभिन्न राजनीतिक दल, नागरिक समाज, व्यावसायी पेशाकर्मी, सञ्चारकर्मी लगायतको सहभागितामा एमाले बा“केका सचिव रत्न खत्रीको संयोजकत्वमा गठित सयुक्त संघर्ष समितिको आईतबार सााझ बसेको बैठैकले विभिन्न निर्णयहरु गरेको छ । संयोजक खत्रीको अधयक्षतामा बसेको बैठकले नेपालगन्जमा प्रदेश नं. ५ को राजधानी कायम गर्नको लागि चलाउने आन्दोलनका कार्यक्रम तयगर्नको लागि नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति सुनिल नरसिंह राणाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा संयोजक राणा, सदस्यहरुमा माओवादी केन्द्रका अतहर हुसेन फारुकी, जनमोर्चाका कृष्णराज पाण्डे, राप्रपा नेपालका ऋषिराज देवकोटा, तमलोपाका ललित रौनियार, पुनरावेदन बार एशोशिएसन नेपालगन्जका बलहादुर चन्द, नेपाल पत्रकार महासंघ बाँकेका रुद्र सुवेदी रहेका छन् । सोही बैठकले समितिको प्रवक्तामा सुवेदीलाई तोकेको छ ।