सदरलाइनडटकम,
दाङ : लागुऔषधसहित दाङमा तीन जना पक्राउ परेका छन् । खैरो हेरोईन र गाँजासहित उनीहरुलाई आईतवार राती १ बजे गढवाबाट पक्राउ गरि सोमवार सार्बजनिक गरिएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानी निवासी ३९ बर्षीय नरवहादुर नेपाली, बैजनाथ १ गाभर निवासी ३२ बर्षीय भीमवहादुर रोकाय र बैजनाथ २ मकैवारी निवासी २५ बर्षीय छवि गुरुङलाई दुई ग्राम खैरो हेरोईन र १६ ग्राम गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए ।
पोखराबाट कोहोलपुर जाँदै गरेको से १ च ११९० नम्बरको बोलेरो जीपमा लुकाई राखेको अवस्थामा गढवा गाउँपालिका वडा नं. १ जुरौनी धानखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो । चालक सिटको अगाडी लुकाई राखेको अवस्थामा हेरोईन र गाँजा बरामद गरिएको हो ।
