राप्तिसोनारीको विकट गाउँ खयरभट्टीसम्म विद्युतीकरणको पहल

सदरलाइन संवाददाता ६ पुष २०७९, बुधबार १६:००
 

नेपालगञ्ज : राप्तिसोनारीको विकट गाउँ खयरभट्टीका सर्वसाधारणले विद्युत बाल्न पाउने भएका छन् । कृष्णा केसी नमूना पुनः सांसद निर्वाचित भएसँगै काठमाण्डौ पुगेर ३ करोड ४० लाख रुपैयाँको बजेट पास गराउन सफल भएकी छन् ।

यस्तो खवर प्राप्त गरेपछि खयरभट्टीका सर्वसाधारणले नमूना कुरामात्रै हैन काम गर्ने नेत्री हुन् भन्दै प्रशंसा गर्न थालेका छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद कृष्णा केसी ‘नमुना’ ले सांसद पदको सपथ नखाँदै सर्वसाधारणका समस्या समाधान गर्नतिर तिब्र रुपमा बढेकी छन् । निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता याद गर्दै दैनिक जसो जनताकै कामका लागि सांसद नमूना खटिएको कुराले हामीलाई उत्प्रेरित बनाएको छ भन्दै नमूनाका शुभचिन्तकले बताउन थालेका छन् ।


आफ्नो क्षेत्रमा बिकास गर्न सांसद नमुना केहिदिनदेखि काठमाण्डौका विभिन्न मन्त्रालय धाउँदै आएकी छन् । १७ वटा योजना लिएर अर्थ मन्त्रालय र सहरी विकास मन्त्रालयमा धाउँदै गरेकी नमूनाले बुधवार राप्तिसोनारी गाउँपालिका वडा नं. ४ स्थित खयरभट्टी क्षेत्रमा बिधुतिकरणका लागि नेपाल विद्युत प्राधिकरणसँग ३ करोड ४० लाख रुपैयाँको बजेट पास गराउन सफल भएकी छन् ।

सो बजेटबाट २२ किमी ११ केभि लाइन, ४ दशमलव ३ किमी वितरण लाइन निर्माण र ३ थान वितरण ट्रान्सर्फमर जडान गरी करीब ४ सय घरमा बिद्युत प्रवाह गर्ने योजना रहेको सांसद नमुनाले जानकारी गराईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामुदायिक अगुवाहरुको राष्ट्रिय सम्मेलन सम्पन्न

६ पुष २०७९, बुधबार १६:००
नेपालगञ्ज :  यौन तथा प्रजनन स्वास्थ्य अधिकारको लागि क्रियाशिल महिला र किशोरीहरुका लागि नेपालगञ्जमा दुईदिने सामुदायिक अगुवाहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समुदायमा आफै खटेर महिला तथा किशोरीहरुले असुरक्षित गर्भपतन रोकेर सुरक्षित गर्भपतन गराउन सहयोग गरी धेरैको ज्यान जोगाएको सफलतालाई मनाउनका लागि सो सम्मेलनको आयोजना गरिएको आईपास नेपालका कार्यवाहक […]