सदरलाइनडटकम,
कपिलबस्तु : कपिलबस्तुको भारतीय सीमावर्ती जिल्ला सिद्धार्थनगरमा १० किलो चरेशसहित एक नेपाली पक्राउ परेका छन् । एसएसबी ५० वी वाहिनीका जवानहरु गस्ती गर्ने क्रममा बिशेष सुचनाको आधारमा महादेव बुजुर्ग रेलवे स्टेशनमा कृष्नानगर नगरपालिका ५ डबराका सोमदत्त कोहारलाई पक्राउ गरेको हो ।
उनको झोला खान तलासी गर्ने क्रममा १० किलो चरेश फेला परेको सशस्त्र सीमा बल (एसएसबी)ले जनाएको छ । बरामद गरिएको चरेशका अनुमानित अन्तर्राष्ट्रीय बजार मूल्य २ करोड़ रहेको बताइएको छ । पक्राउ परेका सोमदत्तलाई आवश्यक कारबाहीका लागि भारतीय प्रहरीलाई बुझाइएको एसएसबीले जनाएको छ ।
(कपिलबस्तुबाट अजय मिश्रको सहयोगमा)


