चार महिनादेखि लाइनमा बस्दा पनि डायलासिसको पालो आएन

सदरलाइन संवाददाता २२ मंसिर २०७९, बिहीबार १४:०७
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा मृगौलाका विरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरिरहेका छन् । यति लामो समयदेखि लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन ।

अस्पतालको हेमोडायलासिस युनिटका अनुसार भदौंदेखि ८५ जना विरामीले पालो कुरिरहेका छन् । उनीहरुले पालो पाएका छैनन् । पालो कुरिरहेका कतिपय सम्पर्क विहीन भइसकेका छन् । उनीहरुको मृत्यु भयो वा अन्यत्र गए अस्पताललाई जानकारी छैन ।

भेरीमा चारवटा डायलासिस मेशिन छन् । तीमध्ये एउटा आपातकालिन अवस्थामा र अरु तीनवटालाई नियमित विरामीलाई प्रयोग गर्ने गरिएको छ । भेरीमा अहिले ३६ जना विरामीले नियमित डायलासिस गराइरहेका छन् ।


अस्पतालमा थप ६ वटा मेशिन आइपुगेको छ । यी मेशिन आएको धेरै भइसकेपनि जडान गरिएको छैन । पानीको समस्याले गर्दा ती मेशिन जडान हुन नसकेको युनिटका प्रमुख डा.पारस श्रेष्ठले जानकारी दिए ।

भदौदेखि कोहलपुर मेडिकल कलेजभित्र ठेकेदार कम्पष्नीले चलाएको डायलासिस मेशिन बिग्रिन थालेपछि भेरी अस्पतालमा विरामीको चाप बढेको थियो । पहिछल्लो हप्तादेखि कोहलपुरमा डायलासिस ठप्प छ । युनिट प्रमुख डा.श्रेष्ठले कोहलपुरमा मेशिन बिग्रिएपछि धेरै विरामी भेरीमा आउँदा यहाँ चाप बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भ्रष्टाचारविरुद्ध नेपालगञ्जमा बृहद ‘वाकथन’

२२ मंसिर २०७९, बिहीबार १४:०७
नेपालगञ्ज : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२२ का अवसरमा नेपालगञ्जमा शुक्रबार बिहान बृहद ‘वाकथन’ गरिएको छ । भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको ब्यवस्थापनमा दोस्रो वाकथन गरिएको हो । स्थानीय गणेशमान चोकबाट सुरु भएको वाकथन चारबाहिनी चोक, अस्पताल रोड, सदरलाईन, त्रिभुवन चोक, विपी चोक हुदै नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडी […]