बुधवार नेपालगञ्जमा सहकारी युवा सम्मेलन हुने

४ मंसिर २०७५, मंगलवार १७:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा बुधवार सहकारी युवा सम्मेलन हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडले आयोजना गर्ने सम्मेलनमा प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका गरी २१ जिल्लाका २५५ बचत तथा ऋण सहकारी संस्थाबाट १४३ पुरुष र ११२ युवा महिलाको सहभागिता रहने मंगलवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी बताइएको हो ।
सम्मेलनमा सहकारीमा युवा सहभागिता, युवा उद्यमशिलता, सहकारी र नेतृत्व विकासका विषयमा दुईवटा प्रस्तुतीसँगै बैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यमशिलतामा लागेका युवाले सफलताका कथा प्रस्तुत गर्ने आयोजक संघका महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
सम्मेलनको प्रदेश ५ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको तयारी उपसमितिका संयोजक विजया धितालले बताइन् । सहकारीमा युवा सहभागिता र नेतृत्व बढाउन कार्यक्रम गरिएको संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले बताए ।

Next Post

राजपाको संयोजकमा राजेन्द्र महतो चयन

४ मंसिर २०७५, मंगलवार १७:४९
सदरलाइनडटकम, काठमाण्डौ : राष्ट्रीय जनता पार्टी (राजपा)को संयोजक परिवर्तन गरिएको छ । राजपाको मंगलवार बसेको बैठकले पार्टी संयोजकको दायित्व राजेन्द्र महतोलाई सुम्पेको हो । पार्टी एकतापछि संयोजकको जिम्मेवारी महन्थ ठाकुरले निभाउँदै आउनुभएको थियो । शुरुमा दुई–दुई महिनामा संयोजक परिवर्तन गरिने बताए पनि लामो समयसम्म ठाकुरले संयोजकको पद सम्हाल्दै आएका थिए । […]