नेपालगञ्ज हर्न निषेधित शहर घोषणा

१ मंसिर २०७५, शनिबार १४:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जलाई शनिवारदेखि हर्न निषेधित शहर घोषणा गरिएको छ । बढ्दो सवारी चापका कारण ध्वनिप्रदूषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको हो । सीमानाका जमुनाहबाट शनिवार औपचारिकरुपमा हर्न निषेधित क्षेत्रको शुरुवात गरिएको छ ।
‘हर्न निषेधित शहर, हामी सबैको रहर’ नारासँगै एक समारोहकाबीच निमित्त प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले हर्न निषेध कार्यक्रमको उद्घाटन गरे । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले सभ्य र समुचित तथा व्यवस्थित शहर निर्माणका लागि पहिलो बुँदाका रुपमा यो कार्यक्रम शुरु गरिएको बताए । उनले यो कार्यक्रम पूर्ण कार्यान्वयनमा आएपछि सवारी साधानका चालक, धनी तथा सर्वसाधारणले यसको महत्व बुझ्ने स्पष्ट पारे ।



हर्न निषेधित क्षेत्र कायम भएसँगै मंसिर महिनाभर चालक, परिचालकलगायत सम्बन्धित व्यक्तिहरुलाई हर्न निषेधका विषयमा कार्यक्रम गरेर सचेत बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।
सचेतनामुलक कार्यक्रमअन्तर्गत नेपालगञ्ज प्रवेश गर्ने नाकाहरुमा होर्डिङ बोर्ड राख्ने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकाय सबैसँग छलफल गर्ने र नगरलाई हर्न निषेधित बनाउन अन्य कार्यक्रमसमेत सञ्चालन गरिने प्रहरी निरीक्षक रोकायले बताए ।
कार्यक्रमलाई प्रभावकारी बनाउन हस्ताक्षर गराउँदै प्रतिबद्धतासमेत जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा यो कार्यक्रम शुरु गरिएको हो ।

Next Post

अपराध नियन्त्रणमा नागरिकको महत्वपूर्ण भूमिका : डिआइजी शाह

१ मंसिर २०७५, शनिबार १४:३०
सदरलाइनडटकम, सल्यान : कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले नागरिकले प्रहरी माथि विश्वास गर्ने वातारण बनाउनु पर्ने बताएका छन् । नागरिकले प्रहरीमाथि विश्वास गर्ने वातारण नबनेसम्म समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण हुन नसक्ने उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय सल्यानले शनिवार गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै प्रहरी […]

सम्बन्धित