बामगठबन्धनको प्रचार अभियान जारी जनताको मन जितेर निर्वाचनमा विजयी हुने उद्दघोष

१४ मंसिर २०७४, बिहीबार १९:०१
 

सदरलाइनडटकम
१४ मंसिर, नेपालगन्ज : निर्बाचनको मिति नजिकिदै गर्दापनि बाम गठबन्धनले बाँकेको सबै निर्वाचन क्षेत्रमा आफ्नो प्रचार अभियान तीब्र परेको छ । विबहीबार निर्वाचन क्षेत्र नम्बर ३ मा घरदैलोसँगै कोणसभालाई जारी राखेको जनाएको छ । निर्वाचन क्षेत्र नं. ३ क को बनकटुवाको बनकटुवा र सम्झनाचौकमा सभा भएको छ । निर्वाचन क्षेत्र नं. ३ ख को बेलभार र इन्द्रपुरमा उम्मेदवारसहित घरदैलो गरिएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा रहेका २४ वटै वडामा स्थानीय नेता कार्यकर्ताहरुको सक्रियतामा घरदैलो जारी रहेको एमाले बाँकेले जनाएको छ ।
बनकटुवाको सम्झना चौकमा भएको सभालाई सम्बोधन गर्दै प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकायले विकास र सम्बृद्धिको सुनिश्चितताका लागि बाम गठबन्धनलाई जिताउन आपिल गरे । उनले भने,– क्षेत्र नम्बर ३ मा विकासका लागि केन्द्र र प्रदेशमा बामपन्थिहरुको बहुमतको सरकारका लागि सहयोग गर्नुस ।
उनले आफु रआफ्नो गठबन्धनले जनताको मन जितेृको कारण निर्वाचन जित्नमा कुनै शंका नरहेको ठोकुवा समेत गरे । प्रदेशसभाका उम्मेदवार आईपी खरेलले थारु लगायत पछाडी परेका समुदायको विकास बामपन्थि बाहेक अरु कुनैपनि शक्तिले गर्न नसक्ने बताए । उनले भने,– विकास, सम्बृद्धि, प्रगति र मुक्तिका लागि बाम गठबन्धन बनेको हो ।
कार्यक्रममा प्रमुख अतिथी रहेका निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले बाम गठबन्धनलाई विकासका लागि मत दिन आग्रह गरे । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले स्थानीय तहमा गरेका प्रतिवद्धता पुरा गर्ने बताए । बनकटुवामा भएको सभालाई सम्बोधन गर्दै निर्वाचन परिचालन कमिटीका सचिव रत्न खत्रीले विकास र स्थायीत्वका लागि भोट दिन आग्रह गरे । प्रदेशसभा २ को बेलभार र इन्द्रपुरमा भएको घरदैलोमा उम्मेदवार नन्दलाल रोकाय, बाबुराम गौतम लगायत उपस्थित थिए । गौतमले आफुले कुरा भन्दा काम गरेर देखाउने बताए ।

Next Post

बाम गठबन्धनले जितेमात्र उद्योग व्यावसायको विकास हुने भन्दै स्वयम व्यावसायी नै प्रचारसामाग्री बोकेर हिडेपछि...

१४ मंसिर २०७४, बिहीबार १९:०१
सदरलाइनडटकम १४ मंसिर, नेपालगन्ज : नेपालगन्जमा उद्योग व्यावसायको विकास र संरक्षणको लागि वामगठबन्धनका उम्मेद्वारहरुलाई जिताउनै पर्ने अभियानका साथ नेपालगन्जका उद्योगी व्यवसायीहरुले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । वामगठबन्धनका उम्मेदवारको प्रचारसामाग्री लिएर स्वयम उद्योगी व्यवसायी परिचालन भएको बामगठबन्धन जिताउ अभियान अन्तरगत उद्योगी व्यावसायीद्वारा गठित निर्वाचन परिचालन कमिटीका संयोजक भाष्कर काफ्लेले जानकारी […]

सम्बन्धित