‘ओमिक्रोन’ रोकथामका लागि जमुनाहा नाकामा कडाई

सदरलाइन संवाददाता १६ मंसिर २०७८, बिहीबार १५:२८
 

नेपालगञ्ज : अफ्रिकी मुलुकहरुमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएपछि स्थानीय प्रशासनले नेपाल–भारतका सीमा नाकाहरुमा कडाई गर्न थालेको छ ।

नेपालगञ्जको जमुनाहा नाका, कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको पुलघाट नाकामा कडाई गरिएको हो ।

स्थानीय प्रशासनले नेपाल भित्रिने यात्रुहरुको पिसिआर रिर्पोट र दुबै डोज खोप लिएको कार्डलगायतका कागजपत्र अनिवार्यरुपमा हेर्न सुरक्षाकर्मीहरुलाई भनेको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतबाट नेपाल प्रबेश गर्ने सबै नागरिकहरुले कोभिड खोपको दोस्रो डोज लगाएको प्रमाणपत्र देखाएमा मात्र नेपाल प्रबेश गर्न दिने, अन्यथा नेपाल प्रबेशमा रोक लगाइएको जानकारी दिए ।

नाकामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई चलाख रहन भनिएको पनि उनले बताए । त्यहीअनुसार कर्मचारीहरुले भारतबाट भित्रिने नेपालीहरुले दोस्रो डोज खोप लगाएको कार्ड देखाएपनि एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोनाका ४ संक्रमित थपिए

१६ मंसिर २०७८, बिहीबार १५:२८
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ५६ नमुना परीक्षण गर्दा थप ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ […]

सम्बन्धित