सदरलाइनडटकम,
काठमाण्डौ : बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका भनिएका महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई छाड्न अदालतले आदेश दिएको छ ।
विशेष अदालतले बिहीवार राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो । राईलाई असोज २० गते उनकै कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको जनाएको थियो ।
