नेपालगञ्जको पुष्पलालचोकमा भेटिएकाे बम ७ घण्टापछि निष्कृय पारियो (फोटो फीचरसहित)

२९ कार्तिक २०७५, बिहीबार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जको पुष्पलाल चोकस्थित पुष्पलालको शालिक मुनि बेवारिसे अवस्थामा भेटिएको बम सात घण्टापछि निष्कृय पारिएको छ । विहीवार विहान करिव ९ः१५ बजे निलो प्लाष्टिकको झोलामा फेला परेको बम नेपाली सेनाको भैरव प्रसाद गण राँझाबाट आएको बम डिस्पोजल टोलीले दिउँसो सवा चार बजे निष्कृय पारेको हो ।
पुष्पलाल चोकमा डिस्पोज गर्दा मानविय क्षति हुने देखिएपछि उप सेनानी मोहन ओलिको कमाण्डमा आएको सेनाको टोलीले बम रहेको निलो झोला सुरक्षित साथ उठाएर वाटरपार्क टाउन प्लानमा लगेर निष्कृय बनाएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । उनले बम राखेर होटल मालिकलाई फोन गर्ने ब्यक्तिको बारेमा अनुसन्धान भइरहेको बताए ।
प्लाष्टिकको झोलामा शंकास्पद बस्तु फेला परेपछि पुष्पलाल चोक आसपासका सर्वसाधारण त्रसित भएका थिए । अपरिचित ब्यक्तिले पुष्पलालको शालिक मुनी राखेको प्लाष्टिकको ब्यागमा बम भएको भन्दै चोकमा रहेको होटल एभरेष्टका मालिकलाई फोन मार्फत जानकारी गराएका थिए ।
फोन गर्ने ब्यक्तिले निलो प्लाष्टिकको झोलामा बम भएको भन्दै सचेत रहन सुझाव दिएपछि होटल संचालकले प्रहरीलाई खवर गरेका थिए । बम होममेड र शक्तिशाली भएको जनाकारी डिस्पोजल टोलीले जनाएको छ ।
जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोलीले पुष्पलाल चोकलाई घेरा हालेर सवारी आवागनलाई ब्यवस्थित बनाएको थियो । झोलामा राखेको बस्तु पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो । तर, अनुसन्धानमा प्रयोग भएको कुकुरले पत्ता लगाउन नसकेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले प्लाष्टिकको झोला उठाएर वाटरपार्कको खुल्ला चौरमा लगेर डिस्पोजको तयारी गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
शंकास्पद सामान राख्ने व्यक्तिले विहान १० बजेर २३ मिनेट जाँदा होटल एभरेष्टका मालिकलाई फोनमार्फत जानकारी गराएका थिए । तर, पुष्पलाल चोकमा राखिएको सीसीटीभीको फुटेजमा ९ बजेर १५ मिनेटमा प्लाष्टिकको झोला राखेको रेकर्ड देखिएको छ ।   

Next Post

६० टेब्लेट ‘नाईट्रोजपाम’ सहित बसका सहचालक पक्राउ

२९ कार्तिक २०७५, बिहीबार १८:४९
सदरलाइनडटकम नेपालगञ्ज : भारतीय बजार रुपैडिहाबाट प्रतिबन्धित लागू औषध ‘नाईट्रोजपाम’ लिएर नेपालगञ्ज आउदै गरेका ताप्लेजुङ्गका एक युवा जमुनाहबाट प्रक्राउ परेका छन् । उनी झापा–नेपालगन्ज रुटमा सञ्चालन हुने यात्रुबाहक बसको सह–चालक भएको प्रहरीले जनाएको छ । लागू औषध नियन्त्रण यूरो नेपालगन्ज शाखा कार्यालयबाट खटेको टोलिले बिहीबार दिउसो साढे २ बजे ताप्लेजुङ्ग […]