दाइजोविरुद्ध देशव्यापी अभियान नेपालगञ्जबाट शुरु

१ पुष २०७५, आईतवार १८:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : दाईजो प्रथाविरुद्ध आइतवारदेखि देशब्यापी अभियान शुरु भएको छ । इस्लामी संघ नेपालले दाईजो प्रथाविरुद्ध देशब्यापीरुपमा १० दिने अभियान शुरु गरेको हो ।
नेपालगञ्जको आइडियल पब्लिक हाईस्कूलबाट शुरु गरिएको अभियान पौष १० गतेसम्म सञ्चालन गरिने इस्लामी संघ नेपालले जनाएको छ । हरेक दिन विभिन्न कार्यक्रमका साथै अभियान चलाउने संघका सचिव बद्रे आलाम खानले बताए ।
अभियानलाई सफल बनाउन सवैको उत्तिकै दायित्व रहेको जिकिर गर्दै सचिव खानले अभियानमा जोडिन सबैलाई आग्रह गरे । ‘आफ्नो छोरा छेरीको विवाह गर्दा दाईजोको लेनदेन नगरी दाईजो विरुद्धको अभियानमा सहिभागि बनौं, समाजमा रहेको आफ्नो प्रतिष्ठालाई प्रयोग गरौं, नातेदारहरुलाई दाईजोको लेनदेनबिनानै विवाह गर्न दवाव दिऔं, समाजका प्रतिष्ठित धार्मिक र सामाजिक व्यक्तिहरुलाई गोलवद्ध गरी दाईजोविरुद्ध एकजुट गरौं, विवाहसम्बन्धि इस्लामी तरीका विशेष गरि नविको आदेश र शहाबाहरुको जीवन शैलीलाई आम मानिसहरु सामु प्रचारप्रसार गरौ’ लगायतका पम्प्लेट तयार गरि दाईजो प्रथा हटाउनका लागि बनाउन १० दिने दाईजोविरुद्ध अभियान सञ्चालन गरिएको इस्लामी संघ नेपाल प्रदेश नं. ५ का अध्यक्ष ओवैद रहमान खानले बताए ।
छोरीलाई दाईजो होइना, पैतृक सम्पत्तीमा अंश दिऔं भन्ने नाराका साथ शुरु भएको अभियानको पहिलो दिन आईतवार आइडियल पब्लिक हाईस्कूलका बालवालिकासँग अन्तरक्रिया गरिएको थियो ।

Next Post

शहरी विपन्नलाई कतार च्यारेटीको आर्थिक सहयोग

१ पुष २०७५, आईतवार १८:४६
सदरलाइनडटकम, काठमाण्डौं   : कतार सरकारको सहयोगी नियोग कतार च्यारिटीले शहरी बिपन्न परिवारलाई लक्षित गरी उनीहरुको जीवनस्तर उकास्नको लागि आयआर्जनमा सहयोग गरेको छ । यसक्रममा एक कार्यक्रमका बीचमा १३ जना शहरी विपन्न परिवारलाई उनीहरुको आयआर्जनमा टेवा पुराउने उद्देश्यले जनही १ लाख ८० हजार आर्थिक सहयोग गरेको हो । यसरी सहयोग पाउनेहरुमा […]

ताजा अपडेट