शुटिङ प्रतियोगिता नेपालगञ्जमा शुरु

७ बैशाख २०७६, शनिबार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा शुटिङ खेल शनिवारबाट शुरु भएको छ । सात प्रदेश र दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव गरि ६५ जना खेलाडी सहभागी छन् । २३ औं महिला तथा २४ औं पुरुष शुटिङ प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा महिला र पुरुष एयर राइफल तथा पेस्तोल विधाका खेल हुने प्रशिक्षक त्रिलोचन कृष्ण श्रेष्ठले जानकारी दिए । उनले शनिवार क्वालिफाइन राउण्डका खेल हुने बताए । ६ सय पूर्णाङ्कमा खेलाइने शुटिङ खेलमा एक जना खेलाडीलाई ६० वटा गोली दिइन्छ । शनिबार सुरु भएको प्रतियोगितामा २२ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । एयर राइफल तर्फ ६ महिला र ७ पुरुष तथा एयर पिस्तोल तर्फ ४ महिला र ५ पुरुषले प्रतिस्पर्धा गरेका छन् । एयर राईफल महिला तर्फ अर्चना शाहले ४५६, प्रदेश २ की भावना ढुंगेलले ४७८, प्रदेश ३ की जुनु घिसिङले ४१४, प्रदेश ५ की बसन्ती केसीले ५०१, कर्णालीकी सीता सिंह ४९८, नेपाल प्रहरीका अस्मिता राई ५६६ अंक प्राप्त गरिन् ।
शनिवार महिला तर्फको एयर राइफलमा अधिक अंक नेपाल प्रहरीकी राईले प्राप्त गरिन् । त्यस्तै, एयर राइफल पुरुष तर्फ नेपाली सेनाका सुसे चौधरीले अधिकम अंक हासिल गरेका छन् । प्रदेश ५ खेलकुद परिषद्का उपाध्यक्ष नरेन्द्र थापाका अनुसार, चौधरीले ५ सय ६५ अंक हासिल गरेका छन् । प्रतियोगितामा नेपाली सेनाकै सुजन राना मगरले ५४६, गण्डकी प्रदेशका धन बहादुर विकले ५५७, नेपाल प्रहरीका हरि बहादुर थापाले ५५५, प्रदेश १ का दुर्लभ श्रेष्ठले ४३९, प्रदेश ५ का रामु क्षेत्रीले ५३०, प्रदेश २ का प्रतिक कुँवरले ५१५ अंक हासिल गरे । एयर पिस्तोल महिला तर्फ शनिवार भएको खेलमा सबैभन्दा बढी अंक नेपाल प्रहरीकी सीमा तुलाधरले हासिल गरिन् ।
प्रदेश ५ खेलकुद परिषद्का उपाध्यक्ष थापाका अनुसार तुलाधरले ५३० अंक हासिल गरेकी थिइन् । प्रतियोगितामा प्रदेश १ की कमला राईले ४६४, सुदुरपश्चिमकी सावित्री बोहराले ४६५, गण्डकी प्रदेशकी सुशिला केसीले ४६० अंक प्राप्त गरेकी थिइन् । त्यस्तै एयर पिस्तोल पुरुष तर्फ सबैभन्दा बढी अंक नेपाल प्रहरी र नेपाली सेनाका खेलाडीले हात पारेका छन् । प्रहरीका सुकदेव चौधरी र सेनाका कुँवेर केसीले समान ५४६ अंक प्राप्त गरेका हुन् । प्रतियोगितामा प्रदेश नं. २ का जग्गिलाल महतोले ५ सय ३१, प्रदेश नं. ३ का उत्कृर्ष थापाले ४७१, गण्डकी प्रदेशका केभि पुनले ५ सय २२ अंक हात पारे ।

Next Post

पौडी प्रतियोगिता होटल सिग्नेटमा हुने

७ बैशाख २०७६, शनिबार १८:३२
सदरलाइनडटकम, नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका पौडी पोखरीको काम नसकिँदा पौडीका सम्पुर्ण स्पर्धाहरु होटलको स्वीमिङ पुलमा हुने भएका छन् । नेपालगञ्जको महेन्द्र रंगशाला परिसरमा निर्माणाधिन आठौं खेलकुदका लागि निर्माण गर्न लागिएको पौडी पोखरी निर्धारित समयमा निर्माण कार्य नहुँदा पौडीका स्पर्धाहरु नेपालगञ्जको एउटा होटलमा सारिएको हो । भनेको समयमा पोखरीको […]