१७ सडक दुर्घटनामा ३ ले ज्यान गुमाए १३ गम्भीर घाइते

२६ कार्तिक २०७५, सोमबार ०७:१४
 

सदरलाइनडटकम,


नेपालगञ्ज  : दशै र तिहारको बीचमा बाँकेमा भएका १७ वटा सडक दुर्घटनामा ३ जनाले ज्यान गुमाउनुको साथै १३ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक हिरेन्द्र रोकायले दिएको जानकारी अनुसार बाँकेमा गत २०७५ असोज २१ गतेदेखि कात्तिक २५ गतेसम्म भएका १७ वटा सडक दुर्घटनामा परेर ३ जनाले ज्यान गुमाएका हुन ।
उनले सडक दुर्घटना हुने बढी सवारीको साधन मध्ये मोटरसाईकल रहेको अधिकांश खाल्टाखुल्टी सडक र तीब्र गतिका कारण सडक दुर्घटना हुने गरेको जानकारी दिए ।
दशै सुरु हुने तरखरमै तीब्र गति र क्षमता भन्दा बढी यात्रु बोकेको हाईस बस बाँकेको पूर्व–पश्चिम राजमार्गको मुगुवा खोला नजिकै १७ जना घाइते र ६ जनाको ज्यान जानेगरी भएको सडक दुर्घटना लगत्तै जिल्ला ट्राफिक कार्यालय बाँकेले सडक सुरक्षाको लागि कडाई गर्दै आएको जनाएको छ ।
‘तीब्र गति, ओभरलोड, तथा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेलाई कारवाही गर्नुको साथै केही सचेतनामुलक कामहरु भएका छन् । जसका कारण सवारी दुर्घटनालाई केही न्यून गर्न सकिएको छ’– ट्राफिक प्रहरी निरिक्षक रोकायले भने ।
उनले दशै र तिहारको बेलामा सवारी नियम उल्लंघन गरी सवारी चलाउने २०७५ सवारी चालकलाई कारवाही गरि ११ लाख २५ हजार राजस्व उठाउन सफल भएको जानकारी दिए । ओभरलाड, तीब्रगति, चालक अनुमतिपत्र, ब्लुकुनभएको जस्ता सवारी नियम उल्लंघन गर्नेमा सबै भन्दा बढी मोटरसाईकल, अटो, जिपकार, माईक्रो, बस, ट्रक रहेका छन् ।

Next Post

बर्दियामा एघार बर्षीया किशोरी बलात्कृत

२६ कार्तिक २०७५, सोमबार ०७:१४
सदरलाइनडटकम, बर्दिया  : बर्दियामा एक किशोरी बलात्कृत भएकी छन् । बढैयाताल गाउपालिका– ८ की ११ वर्षीया किशोरी बाख्रा चराउन जंगल गएको बेला बलात्कृत भएकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको प्रहरी उपरीक्षक मोहनप्रसाद मैनालीले बताए । बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको उनले जानकारी […]

सम्बन्धित