सदरलाइनडटकम,
बाजुरा : बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा जीप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिए ।
से १ च १०६४ नम्बरको जिप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो । घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ । एकजना नदीमा हराइरहेका उपरीक्षक भाटले जानकारी दिए । जीप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अन्य मृतकहरुको सनाखत हुन सकेको छैन ।
