बेनीमा आगलागी हुँदा दुई पसल जले, लाखौंको क्षति

सदरलाइन संवाददाता २६ श्रावण २०७८, मंगलवार १४:२६
 

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा सोमवार राती पौने ३ बजे भीषण आगलागी भएको छ ।

आगलागीबाट बेनीबजारको न्यूरोडमा अवस्थित दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन् भने मानवीय क्षति नभएपनि लाखौंको धन सम्पत्ति जलेर नष्ट भएको छ । बेनी नगरपालिका ८ स्थित न्यूरोडको रघुगंगा डेरी र नयन स्टोर्स रहेको जस्तापाताले छाएको एकतले घरमा रहेका दुईवटा पसलमा आगलागी भएको हो ।

घर स्थानीय सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । सोही घरका दुईवटा सटरमा रघुगंगा डेरी र नयन स्टोर्सले भाडा तिरेर पसल संचालन गरेका थिए । आगलागीबाट दुवै पसलमा क्षति पुगेको छ । डेरी पसलबाट सल्केको आगलागी संगै जोडिएको नयन स्टोर्समा पुगेको थियो । आगलागी भएको केही बेरमा नै प्रहरीले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको थियो ।


आगलागीबाट लाखौं बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले बताए । आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो ।

शर्माले दिएको जानकारी अनुसार सुरुमा डेरी पसलमा आगलागी भएको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीको एकीन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षकलाई तलब खुवाउन अदुवा खेती

२६ श्रावण २०७८, मंगलवार १४:२६
रोल्पा : निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवा खेती सुरु गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले अदुवा र केही फलफूलका विरुवा लगाएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट तलब खुवाउने उद्देश्यले खेती […]