खजुरा गाउँपालिका अनलाईन सेवा संचालनको तयारीमा

१६ कार्तिक २०७५, शुक्रबार १८:०१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बदलिदो परिस्थिति अनुसार बाँकेको खजुरा गाउँपालिकाले ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाईन मार्फत संचालन गर्ने तयारी गरेको छ ।
गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गााउँपालिका ८ वटै वडामा अनलाईन मार्फत घट्ना दर्ता बिलिङ्ग गर्न प्रकृया अगाडि बढाईएको जानकारी दिए । ‘सबै वडामा अनलाईन सेवा संचालनका लागि इन्टरनेट जडान, कर्मचारीलाई तालिम लगायतको प्रकृया अगाडि बढाईएको छ’–उनले भने ।
अनलाईन ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली ब्यबस्थापन सम्बन्धी तालिम खजुरामा शुक्रवारदेखि शुरु भएको छ । ५ दिने तालिममा गाउँपालिका आइटी अफिसर सुरेश साहु, कार्यालय सहायक राजेन्द्रकुमार वर्मा र सन्तोषी बिष्टले सहभागी सचिव खरिदारलाई ब्यहारिक तथा सैद्धान्तिक ज्ञान सिकाईरहेका छन् ।
तालिम उद्घाटनमा बोल्दै गाउँपालिका प्रमुख कक्षपतिले २१ औं शताब्दीमा समय सुहाउदो अनलाईन मार्फत कामकाज हुने बताए । उनले अनलाईन सेवाले सेवाग्राहीको काम अझ प्रभावकारी ढंगले हुने बिश्वास ब्यक्त गरे । अनलाईन सेवा सञ्चालनका लागि हाल वडा नं १ देखि ४ सम्म इन्टरनेट समेत जडान भैसकेको छ ।
गाउँपालिका उपप्रमुख एकमाया बिकले अनलाईन सेवाले हिजोका दिनमा जस्तो नाम छुट्ने, दोहोरिने समस्या हट्नुका साथै काममा पारदर्शिता र प्रभावकारी हुने विश्वास ब्यक्त गरिन ।
कार्यक्रममा खजुरा गाउँपालिका निमित्त प्रमुख अधिकृत दिलबहादुर पौडेलले अनलाईन सेवाले सुरक्षा र समयको बचत हुने बताए । उनले संचारको युगमा सरकारको नीति अनुरुप नै गाउँपालिकाले अनलाईन अभिलेखिकरण सेवा संचालन गर्न लागेको बताए ।

Next Post

स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको प्रति आयोग चिन्तित

१६ कार्तिक २०७५, शुक्रबार १८:०१
सदरलाइनडटकम, नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचारका उजुरी पहिलो नम्बरमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिवार नेपालगञ्जमा उद्घाटन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । प्रमुख आयुक्त घिमिरेले […]