नेपालगञ्ज बिमानस्थलको टर्मिनल भवनको काम तीब्र

सदरलाइन संवाददाता २३ मंसिर २०८०, शनिबार १३:५७
 

नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलको नयाँ अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तिव्ररुपमा भइरहेको छ । हालसम्म पैत्तिस प्रतिशत काम सम्पन्न भइसकेको नेपाल नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर सुरेश यादवले जानकारी दिए । अपेक्षा गरिए भन्दा तिब्ररुपमा काम भइरहेको हो ।

विमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माणको काम भइरहेको हो । शर्मा एण्ड कम्पनीले सन् २०२२ डिसेम्बर १६ बाट काम शुरु गरेको थियो । सम्झौता अनुसार टर्मिनल भवन निर्माणको काम सन् २०२५ डिसेम्बर १५ मा सम्पन्न गरिसक्नुपर्ने छ ।

अत्याधुनिक टर्मिनल भवन मापदण्डअनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइन सहित आन्तरिक र अन्तराष्ट्रिय दुबै किसिमका हवाई उडानका लागि निर्माण हुने सम्बद्ध अधिकारीले बताएका छन् । उक्त टर्मिनल भवन भब्य र सुविधाजनक पूर्वाधारकारुपमा रहने छ ।


पश्चिम नेपालको शहर नेपालगञ्ज विमानस्थललाई केन्द्र बनाएर पश्चिम पहाडको बिमानस्थलमा जनतालाई सेवा दिने सरकारको उद्देश्य पनि रहेको छ । भविष्यमा नेपालगञ्जबाट अन्र्तराष्ट्रिय उडान शुरु गर्ने सरकारको लक्ष्य छ । ठेकेदार कम्पनीका प्रतिनिधी सौरभ शर्माले दुई तल्ला सहितको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तोकिएको समय अगाडी नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘हाल स्टकचरको काम सम्पन्न गर्ने र त्यसपछि त्यसपछि फिनिसिङको काम गर्न हामीलाई एक÷डेढ वर्ष जति लाग्न सक्छ,’ शर्माले भने ‘तोकिएको समयभन्दा ५÷६ महिना अगाडी विमानस्थल कार्यालयलाई भवन हस्तान्तरण गरिसक्ने लक्ष्य छ ।’ केही समयअघि सामग्रीको अभाव सिर्जना भएपनि निर्माण सामग्री स्टक राखेरै काम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बैजनाथमा थारु संग्रहालय बनाइने

२३ मंसिर २०८०, शनिबार १३:५७
नेपालगञ्ज : स्थानीय सरकारले बैजनाथ गाउँपालिकामा थारु संग्रहालय बनाउने प्रतिवद्धता जनाएको छ । संग्रहालय निर्माण लगायत विभिन्न मागहरु राखेर ज्ञापन पत्र बुझाउन गाउँपालिका कार्यालयमा पुगेका थारु समुदायका बरघर, समुदायका अगुवा लगायतलाई सम्बोधन गर्ने क्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले थारु संग्रहालयका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । थारु समुदायको […]

सम्बन्धित