सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेशसभाको शुक्रवार बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँसेर प्राविधिक कारणले १८ गतेसम्मका लागि बैठक स्थगित गर्नु गरेको हो ।
संसद सचिवालयले सूचना टाँसेर अर्को बैठक कात्तिक १८ गते दिउँसो ३ बजेका लागि तोकेको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले १८ गते बस्ने संसद बैठकले कर्णाली प्रदेशसभा सदस्य र मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा सम्बन्धी बनेको विधेयक माथि छलफल गर्ने कार्य सूची रहेको बताए ।
यस्तै बैठकले दोश्रो अधिवेशनसमेत सपन्न गर्ने सम्भावना रहेको सभामुख शाहीले जानकारी दिए ।
