भदौ १३ देखि ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ हुदै

१२ भाद्र २०७६, बिहीबार १५:३३
 

सदरलाइनडटकम,
काठमाडौं  : नेपाल क्योकुशिन–कान कराँते संघले आगामी भदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्ड हलमा ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले संघले सो प्रतियोगिता सञ्चालन गर्न पाउनु आफ्नो लागि खुशी र गौरवको कुरा भएको भन्दै प्रतियोगिताको बारेमा जानकारी गराएको छ । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो संघको आयोजनामा विभिन्न १७ वटा फुल कन्ट्याक्ट कराँते संघहरु तथा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि तीन वटै विभागीय टिमसहित कुल १० टिमले सहभागिता जनाउने यस प्रतियोगितामा महिला र पुरुषगरि जम्मा १४ तौल समूहमा विभाजन गरिएको छ ।’
संघका महासचिव तथा ब्रान्चचिफ राजेन्द्र सुवेदीका अनुसार हरेक टिमले एउटा तौल समूहमा एक जनामात्रै खेलाडी प्रतिष्पर्धामा सहभागी गराउने छन् भने कुल २७६ जना प्रतिष्पर्धी खेलाडीहरुले भाग लिनेछन् ।
त्यसैगरी, विभिन्न २६ संघका ३६ रेफ्रीले आफ्नो निर्णायक भूमिका निर्वाह गर्ने पनि उनले जानकारी दिए ।
संघका अनुसार सो प्रतियोगिता नेपाली कराँते जगतकै सबैभन्दा ठूलो प्रतियोगिता हुने दाबी गरिएको छ । विभिन्न फुल कन्ट्याक्ट संघहरु र विभागीय टिमलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता सञ्चालन गर्नु आफैंमा चूनौतिको विषय भए पनि सबै १७ संघका नेपाल प्रमुखहरु बीच सम्झौताभई यस्तो महान प्रतियोगिता आयोजना गरिनु नेपाली खेलकुद क्षेत्रको लागि नै सद्भाव र सहकार्यको उत्कृष्ट उदाहरण हुने पनि संघको विश्वास छ ।
विज्ञप्तीमा थप भनिएको छ,‘यस प्रतियोगिताले नेपालको राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानमा थप उर्जा मिल्ने कुरामा हामी विश्वस्त छौं । आगामी वर्षहरुमा पनि यसैगरि फुल कन्ट्याक्ट प्रतियोगिता सञ्चालन हुने कुरामा कुनै दुई मत छैन भन्ने कुरा हामी निर्धक्कको साथभन्न सक्छौं । किनकी यो मलेमिलाप गहिरो अध्ययन पछि निस्किएको निचोड हो ।’

Next Post

गृहणी महिलालाई व्यवसायिक बाख्रापालन तालिम

१२ भाद्र २०७६, बिहीबार १५:३३
सदरलाइनडटकम, नेपालगञ्ज  : गृहणी महिलाको लागि तीन दिने व्यावसायीक बाख्रापालन तालिम नेपालगञ्जमा सुरु भएको छ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड बाँके परसपुर शाखाको आयोजनामा बाँके र बर्दियाका निर्धन बचत समुहमा आवद्ध गृहणीलाई लक्षित गरी सो तालिम सुरु गरिएको हो । सो तालिममा बाँकेको नेपालगन्ज उप–महानगरपालिका, खजुरा र जानकी […]