थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

२१ जेष्ठ २०७७, बुधबार १७:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा बुधवार २ सय १ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि नौ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २ सय ७८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

Next Post

लकडाउन खुकुलो पार्दै बार अनुसार पसल खोल्न पाउने प्रशासनको निर्णय

२१ जेष्ठ २०७७, बुधबार १७:१३
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन बाँकेमा बिस्तारै खुकुलो हुने भएको छ । ब्यवसायीहरुको मागलाई मध्यनजर गर्दै लामो समय जारी रहेको लकडाउन अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले दिन तोकेर विभिन्न […]