प्रदेश ३ का पुनर्निर्माण मन्त्री स्थापित बर्खास्त

१६ कार्तिक २०७५, शुक्रबार १६:३२
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रदेश ३ का भौतिक योजना तथा पुनर्निर्माण मन्त्री केशव स्थापित बर्खास्त भएका छन् । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले संविधानको धारा १६९(२) ख बमोजिम बर्खास्त गरेका हुन् । स्थापित केही समयदेखि विवादमा थिए ।
क्याबिनेट बैठकमा समेत मुख्यमन्त्रीसँग अभद्र व्यवहार गरेको उनीमाथि आरोप लागेको थियो । बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको थियो ।
मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको बताइन्छ । बैठकका क्रममा प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको सुस्त गतिलाई बढाउन मुख्यमन्त्रीले भनेपछि विवाद शुरु भएको थियो ।
जनतासँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको पनि कार्यशैली ठीक नभएको कुरा मुख्यमन्त्रीले बताएपछि उनी बैठकमै आक्रोशित भएका थिए । उनलाई बर्खास्त गर्नकालागि प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले काठमाण्डौ अएर प्रधानमन्त्री केपी शर्मा आलीसँग छलफल गरेका थिए ।

Next Post

दाङमा ठूलो परिमाणमा काठ बरामद

१६ कार्तिक २०७५, शुक्रबार १६:३२
सदरलाइनडटकम, दाङ : करीब आठ लाख मूल्य बराबरको सालको अवैध काठ दाङमा बरामद गरिएको छ । बबई गाउँपालिकास्थित सामुदायिक वनबाट उक्त काठ बरामद गरिएको हो । वन क्षेत्रमा काटेर राखिएको अवस्थामा २ सय ७८ दशमलव ८८ क्यूफिट काठ वरामद गरिएको पुरन्धारा सवडिभिजन वन कार्यालयले जनाएको छ । काटेर बिभिन्न स्थानमा राखिएको […]