सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले २५ वर्षअघि तत्कालीन एमाले सरकारले लिएको परोपकारी नीतिलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको दाबी गरेका छन् ।
पहिलो सामाजिक सुरक्षा दिवसको उद्घाटनका अवसरमा उनले २५ वर्षअघि तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई सहायता दिने काम गरेको र अहिलेको सरकारले सामाजिक सुरक्षाका योजना ल्याएको दाबी गरे ।
उनले सामाजिक सुरक्षाको कार्यक्रम आफूले पहिले प्रधानमन्त्री हुँदा गरेको प्रतिवद्वताको निरन्तरता भएको बताए । उनले आफ्नो सरकारले निश्चित आर्थिक वर्षका लागि मात्रै नीति नल्याउने दाबी गर्दै अहिलेको योजना त्यस्तै भएको बताए । उनले बीचका सरकारले नाटक देखाएको समेत आरोप लगाए ।
उमेर घटाउने र भत्ता बढाउने नाटक पनि भएको ओलीले बताए। प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्ने विषयमा सरकारको कामले देखाएको दाबी गरे ।


