सदरलाइनडटकम,
नेपालगञ्ज : संगीतमयी श्रीमद् भागवत् कथा ज्ञान महायज्ञ महोत्सव नेपालगञ्जमा सञ्चालन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का नन्कुराम होलीराम थोक कपडा पसलको आयोजनामा यही कार्तिक २७ गतेदेखि महोत्सव सञ्चालन हुने भएको हो ।
मंसिर ४ गतेसम्म चल्ने महोत्सवमा दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म कथा वाचनका साथै पूजा पाठ गरिने आयोजकले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँके नजिकै रहेको जूनियर कैम्ब्रिज स्कूलको मैदानमा हुने महोत्सवमा अन्तर्राष्ट्रीय संत श्री नवराज प्रपन्न जी महाराजद्वारा कथा वाचन हुने नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।
संगीतमय श्रीमद् भागवत् कथा ज्ञान महायज्ञमा सबैको सहभागिताका लागि आयोजकले आग्रहसमेत गरेको छ ।




