गाँउस्तरीय फुटबल प्रतियोगिता मदाहमा शुरु

१४ कार्तिक २०७५, बुधबार १९:०९
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियाको मदाहमा गाँउस्तरीय खुल्ला फुटबल प्रतियोगिता बुधवारदेखि शुरु भएको छ । सगरमाथा समाज सुधार युवा क्लव मदाहको आयोजनामा बाँसगढी नगरपालिका ४ मदाहमा प्रतियोगिता शुरु भएको हो ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुने छ । बुधवार भएको उद्घाटन प्रतियोगितामा आयोजक सगरमाथा समाज सुधार युवा क्लव मदाह र बेलवाबीच भएको पहिलो खेलमा आयोजक टीम बिजय भएको छ ।



दुबै टीमले निर्धारित समयमा गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा ३ काबिरुद्ध ५ गोलले आयोजक मदाह बिजयी भएको हो । प्रतियोगिताको वडा नम्बर ४ का वडा सदस्य युद्धकुमारी बिकले उद्घाटन गरेकी थिइन् ।
क्लवका अध्यक्ष रामसिंह थारुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नागरिक समाजका अगुवा बुद्धे बिक, कुमाल थारु, खेल प्रशिक्षक बुद्धराम थारु र बिशाल चौधरी, स्थानिय, खेल प्रेमी खेलाडी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Next Post

सोह्र लाखको रिचार्ज कार्ड चोरी गर्ने दाङमा पक्राउ

१४ कार्तिक २०७५, बुधबार १९:०९
सदरलाइनडटकम, दाङ : सोह्र लाख बढी नेपाल टेलिकमको रिचार्जकार्ड चोरी गर्ने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो । उनको साथबाट १६ लाख […]