महेन्द्र बहुमुखीमा अनेरास्ववियुका माधव खत्री निर्वाचित

सदरलाइन संवाददाता ९ चैत्र २०७९, बिहीबार १३:२९
 

नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापतिमा अनेरास्ववियुका माधव खत्री निर्वाचित भएका छन् । खत्रीले नेतृत्व गरेको संयुक्त प्यानल सबै पदमा निर्वाचित भएको छ ।

खत्री ७५६ मतका साथ स्ववियु सभापति चुनिएका हुन् । खत्रीले नेपाल बिद्यार्थी संघबाट सभापतिका उम्मेदवार जीवनराज सुवेदीलाई पराजित गरेका हुन् । सुवेदीले ६६६ मत प्राप्त गरे । स्ववियु सभापतिमा ५ जनाको प्रतिष्पर्धा थियो ।

सचिवमा पनि संयुक्त प्यानलकै हरेन्दबहादुर विक ९७६ मतका साथ विजयी हुँदा निकटतम् प्रतिद्वन्दी नेविसंघका नर्देव थारुले ६५६ मत पाएका छन् । यस्तै कोषाध्यक्षमा भरतराज बुढथापा ८७७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेविसंघका देवी रेग्मीले ७३९ मत पाइन् ।


सदस्यहरुमा पनि संयुक्त प्यानलका सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरञ्जिवी बुढा, निराजन अवस्थी, सुशिल बर्मा, सरस्वती बुढा मगर र महेश शर्मा निर्वाचित भएको निर्वाचन संयोजक ठण्डीराज जमरकट्टेले जानकारी दिए ।

नेविसंघले नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनसंग तालमेल गर्दा बाँकी सबै विद्यार्थी संगठन अनेरास्ववियुसंग संयुक्त गठबन्धनमा थिए । समानुपातिकतर्फ भने नेविसंघले सबैभन्दा बढी मत पाएको छ ।

नेविसंघले ७२० मत पाउँदा अनेरास्ववियुले ५३१, अखिल क्रान्तिकारी ३८६ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले ३५ मत प्राप्त गरेका छन् । ४ हजार १ सय २२ मतदाता मध्ये १ हजार ६ सय ९१ जनाले मतदान गरेका थिए । यस क्षेत्रको ठूलो र पुरानो क्याम्पस भएकाले पनि यहाँको निर्वाचनलाई चासोका साथ हेरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुबईमा बेचिएकी नेपाली युवतीको उद्धार

९ चैत्र २०७९, बिहीबार १३:२९
नेपालगञ्ज : मानव तस्करबाट चङ्गुलमा परेर दुबईमा बेचिएकी एक जना नेपाली युवतीको उद्धार भएको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित भेरीगंगा नगरपालिकाली २० की विमला (परिवर्तित नाम) लाई दुबईबाट उद्धार गरिएको हो । माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा कक्षा १२ मा अध्ययनरत विमलाको घरको कमजोर आर्थिक अवस्थाका कारण […]

सम्बन्धित