इण्डोनेशियाको जहाज समुन्द्रमा दुर्घटनाग्रस्त, पाइलट भारतीय नागरिक

१२ कार्तिक २०७५, सोमबार १६:४६
 

सदरलाइनडटकम,
काठमाण्डौ : इण्डोनेशियाको लायन एयरलाइन्सको बोइङ ७३७ जहाज राजधानी जकार्ताबाड उडान भरेलगत्तै समुन्द्रमा दुर्घटनाग्रस्त भएको छ । जेटी–६१० फ्लाइट नम्बरको त्यो जहाज जकार्ताबाट पंगकल गइरहेको थियो ।
त्यो जहाजका पाइलट भारतीय नागरिक भव्य सुनेजा थिए । दिल्लीको मयुर विहारका सुनेजा सन् २०११ देखि लायन एयरलाइन्समा आबद्ध थिए । उनले सन् २००९ मा बेल एयर इण्टरनेशनलबाट पाइलटको लाइसेन्स लिएका थिए । उद्धार कार्यमा खटिरहेका अधिकारीहरुका अनुसार जहाजमा सवार यात्रीहरुको सामानको टुक्राहरु समुन्द्रबाट निकालिएको छ । उनीहरुका अनुसार अझै पनि यात्रुहरुको अवस्था अज्ञात नै रहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।


इण्डोनेशियाका आपतकालीन उद्धार एजेन्सीका प्रमुख सुतोपो पूर्वो नुगरोहोले दुर्घटनाको तस्बिर सार्वजनिक गरेका छन् । अधिकारीहरुका अनुसार जहाजमा १८८ वयष्क, एक नवजात तथा दुई जना बालक थिए । त्यस्तै दुई जना पाइलट र चालक दलका पाँच जना सदस्य थिए । इन्डोनेसियामा थुप्रै टापुहरु रहेका छन् । एउटा टापुबाट अर्को टापुमा जान हवाई यात्रा नै उपयुक्त मानिन्छ तर सुरक्षाका हिसाबले इन्डोनेसियाका विमान कम्पनीहरुको अवस्था राम्रो छैन । लायन एयर इन्डोनेसियाको सबैभन्दा ठूलो एयरलाइन्सका रुपमा रहेको छ ।



यो एयरलाइन्सको जहाज अष्ट्रेलिया र खाडी मुलुकसम्म पनि उड्ने गर्छन् । सन् १९९९ बाट सञ्चालनमा आएको यो एयरलाइन्सको सेफ्टी रेकर्ड चिन्ताजनक नै रहेको छ । सन् २०१३ मा लायन एयरको एउटा जहाज समुन्द्रमा ल्याण्ड गरेको थियो । त्यसमा रहेका १०८ यात्रु नै सकुशल थिए । त्यस्तै २००४ मा लायन एयरको एउटा जहाज सोलो सिटीमा दुर्घटना हुँदा २५ जनाको ज्यान गएको थियो ।
(एजेन्सीको सहयोगमा)

Next Post

लागुऔषधसहित दाङमा तीन जना पक्राउ

१२ कार्तिक २०७५, सोमबार १६:४६
सदरलाइनडटकम, दाङ : लागुऔषधसहित दाङमा तीन जना पक्राउ परेका छन् । खैरो हेरोईन र गाँजासहित उनीहरुलाई आईतवार राती १ बजे गढवाबाट पक्राउ गरि सोमवार सार्बजनिक गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानी निवासी ३९ बर्षीय नरवहादुर नेपाली, बैजनाथ १ गाभर निवासी ३२ बर्षीय भीमवहादुर रोकाय र बैजनाथ २ […]

सम्बन्धित