गाउँको स्वास्थ्यचौकीमा गर्भवतीको अल्ट्रासाउण्ड

सदरलाइन संवाददाता १ माघ २०७९, आईतवार १४:१०
 

हुम्ला : दुुर्गमका स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने काम भएको छ । गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेकाबेला जिल्ला अस्पतालबाट परिचालित दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउण्ड गर्ने काम भएको हो ।

जिल्ला अस्पतालकी वरिष्ठ अनमि सरिता बोहराले आफू संलग्न भएर सर्केगार्ड गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड मेशिनबाट गर्भजाँच गर्ने कार्य भएको बताइन् । उहाँले सो गाउँपालिकाका रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा गर्भवती महिलाको सो विधिबाट गर्भजाँच गर्ने कार्य गरेकी हुन् ।


तीन दिनमा उनले ६५ जना गर्भवतीको अल्ट्रासाउण्डबाट चेकजाँच गरिन् । उनले अल्ट्रासाउण्ड गर्ने क्रममा एघार जना गर्भवतीको पाठेघर खसेको र दुुई जना गर्भवतीको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको बताइन् । उनले पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार भए पनि शिशुको टाउको उल्टो रहेको गर्भवतीलाई तत्काल जिल्ला अस्पतालमा आउन सुुभाव दिएको बताइन् ।

उनले समयमै ती गर्भवतीको चेकजाँच भएको कारण पछि हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुुगेको बताइन् । अल्ट्रासाउण्डबाट गर्भवतीको चेकजाँच गर्ने उपचार बिधि नभएपछि सर्केगार्ड गाउँपालिकाले वरिष्ठ अनमि बोहरालाई जिल्लाबाट झिकाएर चेकजाँचका लागि समन्वय गरेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवतीको गर्भ वास्तविक अवस्था पत्ता लगाउन दक्ष जनशक्तिबाट अल्ट्रासाउण्ड गर्नुपरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चालीस हजार राजस्व उठाउन पचास हजार खर्च

१ माघ २०७९, आईतवार १४:१०
हुम्ला : नेपाल र चीनको सिमाना हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयले आम्दानीभन्दा बढी खर्च गरेर राजस्व असुली गर्नु परेको छ । हिल्सामा रहेको भन्सार कार्यालय बन्द रहने गर्छ । सामान आयात निर्यात हुने अवस्थामा सदरमुकाम सिमकोटबाट कर्मचारी जाने गर्छन् । यसरी नियमित रूपमा भन्सार कार्यालय नखुल्ने भएकाले सामान आउने […]