कोरोनाबाट बाँकेमा ८ जनाको ज्यान गयो

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार ११:१७
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा ८ जनाको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बसेकी खजुरा १ बाँकेकी ६४ वर्षीया महिला, भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कुमाख १ सल्यानकी ६७ वर्षीया महिला, मधुवन ६ बर्दियाका ५८ वर्षीय पुरुष, बैजनाथ ६ बाँकेकी ३५ वर्षीया महिला, खजुरा ३ बाँकेकी ७५ वर्षीया महिला र नेपालगञ्ज ५ बाँकेकी ६१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत लम्कीचुहा ९ कैलालीका ४० वर्षीय पुरुष र कोहलपुर २ बाँकेका २८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २२२ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १६७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुस्लिम समुदायको इद आज धुमधामका साथ मनाईदै

३१ बैशाख २०७८, शुक्रबार ११:१७
नेपालगञ्ज : ईस्लाम धर्मावलम्वीहरू एक महिना लामो उपबास समाप्त गरी महान पर्व ‘इद उल फित्तर’ (इद) आज धुमधामसँग मनाउदै छन्् । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा (उपावास) बसेका थिए । ईस्लिामक पात्रो अनुसार रमदान महिना भरी उपबास ( रोजा) बसेर चन्द्रमा हेरेर अर्काेदिन इद मनाउने चलन रहेको छ […]