जिल्ला समन्वय समिति र वडाबीच विवाद

२१ चैत्र २०७५, बिहीबार १७:२४
 

सदरलाइनडटकम,
दाङ : आफूलाई जानकारी नदिई जिल्ला समन्वय समिति परिसरको भवन प्रयोग गरेको भन्दै समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले घोराही उपमहानगरपालिका वडा नं. १५ को कार्यालयमा तालाबन्दी गरेका छन् ।
जिल्ला समन्वय समितिको परिसरमा रहेको भवन जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतम र घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारबीच सहमति गरी वडा कार्यालयका रुपमा प्रयोग गरिएको थियो । टिन लगाइएको सामान्य खालको उक्त खाली भवन दुवै कार्यालयका प्रशासकीय अधिकृतबीचको समन्वयमा वडा कार्यालयले केही समय अघिदेखि प्रयोग गर्दै आएको बिहीवार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष रमेश कुमार पाण्डेले जानकारी दिए ।
वडा कार्यालयले जानकारीबिना आफू अनुकूलनै भवन प्रयोग गरेको हुँदा तालाबन्दी गरिएको संयोजक नेपालीको भनाई छ । भवन वडाध्यक्षको कार्यकक्षका रुपमा प्रयोग गरिँदै आएको वडा कार्यालयले जनाएको छ । समन्वय समितिका संयोजक नेपाली नेकपाबाट र वडाध्यक्ष पाण्डे नेपाली कांँग्रेसबाट निर्वाचित भएका हुन् ।

Next Post

छोराछारीलाई सामुदायिक विद्यालयमा नपढाउनेको तलब रोकिने

२१ चैत्र २०७५, बिहीबार १७:२४
सदरलाइनडटकम, सल्यान : सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा र सबैलाई समान शिक्षा दिने उद्देश्यले सल्यानको दार्मा गाउँपालिकाले नमुना कामको थालनी गरेको छ । आगामी शैक्षिक सत्रदेखि दार्मा गाउँपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनु पर्ने निर्णय गरेको हो । गाउँपालिकामा बासोबास गर्ने कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी […]