जापानले नेपाललाई करीब दुई अर्ब अनुदान सहयोग दिने

८ कार्तिक २०७५, बिहीबार १५:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग दिने भएको छ । अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मिसामिची साईगोबीच बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई उपलब्ध गराइने आर्थिक सहायतासम्बन्धी सम्झौता पत्रमा बिहीवार हस्ताक्षर भएको हो ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा गरिएको सम्झौता अनुसार सन् २०२० भित्र बीपी राजमार्गको १ सय ६० किलोमिटरअन्तर्गत २० ठाउँमा भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण सम्पन्न गर्नुपर्ने छ ।
सन् २०२० भित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी जापान सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि अनुदान सहायता उपलब्ध गराउने भएको अर्थ सचिव डा. खनालले बताए । कार्यक्रममा जापानी राजदुत साइगोले नेपालको कृषि, पर्यटन र विद्यालय तहको बालबालिकाको अध्ययन अध्यापनलाई सहज बनाउन विपी राजमार्ग पुनर्निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताए ।
उनले नेपालको आर्थिक विकासमा जापान सरकारले आवश्यक सहयोग उपलब्ध गराउँदै जाने प्रतिवद्धतासमेत जनाए ।

Next Post

मेयर डा.राणाले गरे नेपालगन्ज कारागारको स्थलगत अवलोकन

८ कार्तिक २०७५, बिहीबार १५:३१
सदरलाइनडटकम नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले नेपालगन्ज कारागारको बिहीबार स्थलगत निरिक्षण गरेका छन् । उनले कारागारको भौतिक पूर्वाधार तथा अन्य विषयमा उप–महानगरको तर्फबाट गर्न सकिने सहयोगको बारेमा अध्ययन गर्नको लागि आफु स्थलगत निरिक्षणको लागि नेपालगञ्ज कारागार आईपुगेको बताए । सो कारागार ३ सय कैदीबन्द, थुनुवाको क्षमता […]

ताजा अपडेट