पचहत्तर वर्षीया जेष्ठ नागरिकलाई मलमुत्र खुवाइयो

७ कार्तिक २०७५, बुधबार १५:२१
 

सदरलाइनडटकम,
उदयपुर : छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मानव मलमुत्र खुवाइएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आफू एक्लै बसी गुजारा गर्दै आउनुभएकी वृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको जाहेरी जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो ।
मंगलवार राति वृद्धाकी छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र देवबहादुर राईले कुटपिट गरी दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको र जीउ नै भरि दलेका् व्यहोराको उजुरी आएको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिनुभयो ।
कुटाईवाट वृद्धाको दायाँ आँखामा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् । जीउभरि दिशा दलिएको अवस्थामा जिल्ला प्रहरी आउनु भएकी वृद्धाको घाउ जाँच र केश फारमको लागि जिल्ला अस्पताल पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Next Post

नौवस्ता औद्योगिक क्षेत्रको कार्यालय उद्घाटन

७ कार्तिक २०७५, बुधबार १५:२१
सदरलाइनडटकम, बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गौउँपालिका ३ नौवस्तामा निर्माण हुन लागेको नौवस्ता औद्योगिक क्षेत्रको बुधवार परियोजना कार्यालय उद्घाटन गरिएको छ । औद्योगिक क्षेत्रका कारण कुनैपनि घर परिवार विस्थापित हुनु नपर्ने आश्वासनका बीच कार्यालयको उद्घाटन गरिएको हो । परियोजना कार्यालयमा प्रमुख, ओभरसियरसहित तत्काल चारजना कर्मचारी खटिएका छन् । कर्मचारी खटिएपछि कामले […]