सदरलाइनडटकम,
नेपालगञ्ज : १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जमा जुलुश निकालिएको छ । बाँकेको जानकी गाउँपालिका–५ कैलासीका रामदेव मिश्रको अगुवाइमा बुधवार नेपालगञ्जको धम्बोझी चोकबाट जुलुश निस्केको हो ।
उनीहरुले १६ वर्षमा सन्तानको बिहे गर्न पाउनुपर्ने माग राख्दै नगर परिक्रमा गरेका हुन् । जुलुशमा महिलाहरु नाबालक सन्तानसहित आएका थिए । उनीहरुले नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका थिए । जुलुशका अगुवा मिश्रले भने, ‘हामीले जिल्ला प्रशासन, नेपालगञ्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थियौं ।
हाम्रो मागबारे सरकार किन मौन छ भनेर थप दवाव दिन जुलुस निकालेका हौं ।’ मधेशी समुदायले १६ वर्षमा बिहे गरेपनि ३ वर्षपछि गौना र त्यसको थप एक वर्षपछि थौना गरेपछि मात्र बेहुली केटाको घरमा जाने चलन छ ।
Next Post
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी
११ भाद्र २०७६, बुधबार १७:५४
सम्बन्धित
-
२९ मंसिर २०७७, सोमबार १६:४५
२३ शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द
-
८ मंसिर २०७९, बिहीबार १२:४७
बाँके ३ बाट कांग्रेसका राठौर निर्वाचित
-
३० कार्तिक २०७६, शनिबार १०:४२
आधुनिक उपकरणसहित ‘निदान डाईगोनोष्टिक हेल्थ केयर’ सञ्चालनमा ल्याईदै
-
२६ माघ २०७४, शुक्रबार ०७:४१
रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन
-
१० माघ २०७७, शनिबार १६:५६
नेपालगञ्जको शौचालय बन्यो गोदाम घर
-
२ कार्तिक २०८०, बिहीबार १३:०६
सीमा समस्या समाधानको माग गर्दै राणालाई ध्यानाकर्षणपत्र